१२ श्रावण २०८१, शनिबार

दुई समुहबीच झपड, दुई घाइते



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहामा सञ्चालन भइरहेको रामलीला हेर्न गएका दुई युवाको समूहबीच खुकुरी हानाहान हु“दा दुई जना घाइते भएका छन् ।
बिहीबार राति १० बजेतिर युवाको समूहबीच विवाद पछि खुकुरी हानाहान हुँदा २० वर्षीय सोनु राना र वर्षीय १९ को ओमी राना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको झलारी स्थित एक मेडिकलमा उपचार भइरहेको छ । सोनुको टाउकोमा र ओमीको नाडीमा गहिरो घाउ रहेको छ ।
खुकुरी प्रहार गर्ने मध्येका राम बहादुर बिष्ट र सुनिल रानालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार