१० श्रावण २०८१, बिहीबार

बझाङमा बुसीकाे राैनक



बझाङ । नयां बर्षको सुरुवातलाई स्वागत गर्न मनाइने विसु पर्वको रमझमले बझाङ जिल्लाका गाउँमा चहलपहल सुरु भएको छ । नयाँ वर्षको स्वागत र पुरानो बर्षको विदाइ स्वरुप यहाँका स्थानियले विसु पर्व लाई विषेश रुपमा मनाउने गरेका छन् ।

विसु पर्वमा विस झार्ने भन्दै देवर भाउजु विचमा सिस्नो लगाएर रमाइलो गर्ने प्रचलन पनि यहाँका केही गांउहरुमा अझै पनि रहेको छ । बैसाख १ गतेको दिन विहान झिसमिसे मै उठेर आकासका तारा हेरेमा बर्ष भरी नै सर्प नदेखिने र सर्पले दुख नदिने जनविस्वास समेत रहदै आएको छ ।

विसु पर्व मनाउनका लागी भनेर गहुँ बाली लगाएर भारत तिर गएकाहरु पनि घर फर्किने भएकाले गाउँघर तिर राम्रै जमघट हुने गर्दछ । नयाँ बर्षलाई स्वागत गर्नका लागी गाउँ गाउँमा लिङगो (कांकर) गाड्ने गरिन्छ ।

महिलाहरु माइती गएर आर्सिवाद थाप्ने र मिष्ठान्न भोजनहरु पकाएर लैजाने भएकाले चैत्र मसान्तको दिन नै विभिन्न खालका पकवानहरु पकाउने चलन छ । नयां वर्षको अवसर पारेर विभिन्न विद्यालय तथा युवा र बालक्लबहरुले सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गर्ने गरेका छन् ।

‘बुढी माइतै बाली माइतै विसु खी बखत, कि रातो गुराँउसी फुल कि रातो रगत’ विसुको सन्र्दभमा गाइने चर्चित देउडा गित गाउदै विसुको रौनक सुरु भएको बारे स्थानिय कलाकार उमाशंकर जोशीले भने ‘विसु हाम्रो संस्कृती हो यसलाई विर्सने त कुरै हुदैन’।

बर्ष भरीको कामको चटारोलाई विर्सेर पर्वमा यहाँका बासिन्दा रमाउने गर्दछन् । अन्न बाली लगाएर रोजगारी गर्नका लागी भारत तथा विदेशमा गएका युवाहरु समेत घर फर्कन थालेका छन् ।

‘विसु सकिएपछि अन्न भित्रयाउने काम सुरु गरी फेरी रोजगारी खोज्न भारत जाने परम्परा यहाँको छ’ मष्टा गाँउपालिकाका सुरेन्द्र बोहराले भने ‘यस वर्ष लगाएको वाली भित्र्याएर फेरी रोजगारी खोज्न भारत जाने उनले बताए । धेरै जसोलाई रौनक भन्दा पनि रोजगारीकोे चिन्ताले विसु खल्लो हुने गरेको उनले बताउनु भयो’ करिब पाँच बर्ष भारतको बंगलोरको बसाई पछि नयाँ बर्ष मनाउन घर पुगेका बोहराले गाँउमा रोजगारिको सृजना नभएका कारण फेरी भारतमा नै जानुु पर्ने चिन्ताले आजदेखी नै सताउन थालेको बताए ।

भारत गएकाहरू फर्किदै

भारतमा रोजगारिका लागि आफ्नो गाँउ बाट मात्रै झण्डै ७० जना भन्दा बढी भारत गएको स्थानीय विर्ख बहादुर बोहराको भनाई छ । अहिले विसु पर्व मनाउनका लागि घर आउने क्रम जारि रहेको उनको भनाई छ । आफु भारत गएको एक बर्ष भएको बताउदै घर फर्कीएका शेर बहादुर बोहराले भने बंगलोर बाट आफ्नो गाँउका झण्डै २५ जना एउटै बसका आएको बताए ।

लामो समय देखी घरमा भेटघाट नभएको र माईति पोईलि पक्षसंग विसु पर्वमा रमाईलो हुने बताउदै मष्टा गाँउपालिकाकी संन्जा बोहराले भनिन् ‘घरमा छोटो बसाई हुन्छ । फेरी रोजगारी गर्न सह परिवार सहित भारतमा नै जानु पर्ने बाध्इता छ । भारतमा नगएर एक छाक समेत टार्न धौ धौ हुन्छ । केहि समय .माईती घर र पोईली घरमा रमाईलो भए पनि २ महिना पछि विछोडीनु पर्ने भएका कारण खुःसी मान्नुको कुनै औचित्य नरेको बताईन् ।’

विसु पर्व मनाउनकै लागी अहिले रविभिन्न सरकारी तथा गैर सरकारी संघ सँस्थाहरुमा काम गर्ने कर्मचारीहरु समेत आ आफ्नो गन्तब्य जान सुरु गर्न थालेका छन् भने विदेशीका युवा तथा विद्यार्थीहरु घर फर्कन थालेका छन् । नयाँँ बर्ष मनाउनकै लागी यहाँका स्थानीय बासिन्दाहरु आफ्नो घर लिप पोत समेत गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार