१२ श्रावण २०८१, शनिबार

घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्षमा आचार्य



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको सञ्चालक समितीको अध्यक्षमा सिद्ध आचार्य निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा उनले आफ्ना निकटम प्रतिस्पर्धी सिद्धराज ओझालाई ६८ मत अन्तरले हराए । सञ्चालक समितीको उपाध्यक्षमा सरोज न्युरे निर्वाचित भए ।
त्यस्तै सदस्यमा तिलकराज सापकोटा, दिपकराज जोशी र कुशप्रसाद जोशी निर्वाचित भए । त्यस्तै, लेखा समिति संयोजकमा ताराप्रसाद शर्मा र सदस्यमा जयबहादुर केसी र प्रेमराज सापकोटा र क्याम्पस सञ्चालक समिती दलित सदस्यमा जगत बहादुर विक, जनजाति सदस्यमा रुपलाल डगौंरा तथा महिला सदस्यमा टिका अम्मै यसअघि निर्विरोध निर्वाचित भईसकेका थिए ।
घोडाघोडी बहुमुखी क्याम्पसका आजिवन र साधारण सदस्य गरी तीन सय ५७ जना मतदाता रहेकोमा दुई सय ९० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार