११ श्रावण २०८१, शुक्रबार

चार कोठे भवनको निर्माण सुरु



धनगढी । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर १९ मा रहेको फूलबारी उच्च माविमा चार कोठे भवनको निर्माण सुरु भएको छ ।

उपमहानगरपालिकाको ४८ लाख रुपैयाको लागतमा सो भवन निर्माण भइरहेको छ । भवनको संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले शिलान्यास गरे ।
भवन शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारदमुनि राना, प्रदेश सभा सदस्य नेपालु चौधरी, नगर प्रमुख नृपबहादुर वड लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार