११ श्रावण २०८१, शुक्रबार

काँग्रेसप्रति जनआकर्षण बढ्दोः नेतृ आरजु



धनगढी । नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले काँग्रेसप्रति आम जनताको आकर्षण बढ्दै गएको बताएकी छिन् ।


बुधबार कांग्रेसको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दोस्रो वडाभेला उद्घाटन गर्दै उनले वर्तमान सरकारका गलत कामकारबाहीका कारण कांग्रेसप्रति जनलहर बढेको दाबी गरिन् ।
उनले वर्तमान सरकारले विकास बजेट खर्च गर्न नसकेको र गरेको बजेट पनि कार्यकर्तामुखी रहेकोले यसविरुद्ध भण्डाफोर गर्नुपर्ने बताइन् ।  कार्यक्रममा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह तथा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार