४ जेष्ठ २०८१, शुक्रबार

कैलालीबाट वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै



सुखड । कैलालीबाट वैदेशिक रोजगारमा जानेको संख्या हरेक वर्ष बृद्धि भएरहेको छ ।
सुरक्षित आप्रवासन परियोजना (सामी), कैलालीका अनुसार कैलालीमा सन् २०१४/१५ मा तीन हजार छ सय ७६ जना वैदेशिक रोजगारमा गएका थिए । तीमध्ये महिलाको संख्या ५८ रहेको थियो ।
त्यस्तै, सन् २०१५/१६ मा जिल्लाबाट दुई हजार तीन सय ६७ जना वैदेशिक रोजगारमा गएकोमा महिलाको संख्या ७२ रहेको थियो ।
सन् २०१६/१७ मा कैलालीबाट तीन हजार नौ सय ८८ जना वैदेशिक रोजगारमा गएको सुरक्षित आप्रवासन परियोजनाको तथ्यांकअनुसार स्न २०१६/१७ मा कैलालीबाट एक सय ७६ जना महिला वैदेशिक रोजगारमा गएका छन् ।
कैलालीमा सन् २०१४/१५ मा भन्दा सन् २०१५/१६ मा वैदेशिक रोजगारमा जानेको संख्या एक हजार तीन सय नौ जना कम रहेको छ । तर, सन् २०१५/१६ भन्दा २०१६/१७ वैदेशिक रोजगारमा जानको संख्यामा एक हजार सात सय २१ ले बृद्धि भएको छ ।
तीन वर्षको अवधिमा कैलालीबाट विभिन्न मुलुकमा (भारतबाहेक) वैदेशिक रोजगारमा जानको संख्या १० हजार ३१ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार