९ माघ २०८१, बुधबार

फूलमानको ठाउँठाउँमा स्वागत



रायपुर (भारत) । संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीलाई भारतका विभिन्न ठाउँमा विशेष स्वागत र सम्मान गरिएको छ ।
भारतको झारखण्डमा हुन गइरहेको दशौं विश्व आदिवासी दिवस २०१७ को विशाल सभालाई सम्बोधन गर्न पुगेका चौधरीलाई चन्दीगढ जिल्लास्थित आदिवासीहरूको बाहुल्यता रहेको बस्ती भेटघाटका क्रममा उनीहरूका समस्या बुझ्ना पुगेका फूलमानलाई स्वागत गरिएको हो ।
अगष्ट ९ तारिख, यहि साउन २५ गते गोपाल मैदान जमशेदपुर, झारखण्डमा हुने सो सभालाई ६ तारिख रायपुर पुगेका चौधरीलाई एयरपोर्टमा स्वागत गरिएको थियो । लगत्तै जिल्लाको चारमा गाउँमा स्वागत तथा परिचायत्मक कार्यक्रममा उनलाई स्वागत एवं सम्मान गरिएको थियो । उनलाई मौलिक मान्द्री नाच तथा अतासबाजी गरी स्वागत गरिएको थियो ।
उपाध्यक्ष चौधरीले ७ तारिखको जिल्लाको अन्य बस्ती कोण्डा गाउँ, जगदलपुर, बस्तर जिल्लाको दन्तेबार लगायत बस्ती भेटघाट गरी आदिवासी जनजातिहरूको समस्या, मौलिक हकअधिकार, परम्परा रीति संस्कृतिबारे जानकारी लिएका थिए ।
भेटघाटका क्रममा उनलाई उपाध्यक्ष चौधरीलाई स्थानीय आदिवासी जनजाति समुदायहरू आफूले स्वतन्त्र रूपमा पाउनुपर्ने हकअधिकार, प्राकृतिक श्रोत साधन परिचानल लगायत राज्यले उपलब्ध गराउने सेवासुविधाबारे भारत सरकारलाई अनुरोध गरिदिनेबारे ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै चौधरीले उनीहरूको मागमुद्दाबारे भारत सरकारलाई ध्यानाकार्षण गराउने बताए ।
उनले अाज सरकारी उच्च अधिकारीहरूसँग भेटघाट गरी आदिवासी जनजातिहरूको माग र मुद्दाबारे जानकारी लिनु भए। बुधबार विश्व आदिवासी दिवस २०१७ को सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा निम्त्याइएका चौधरीले भारतीय आदिवासी जनजाति लगायत विश्वका अदिवासी जनजातिहरूको हकअधिकार र सवालबारे सम्बोधन रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार