११ श्रावण २०८१, शुक्रबार

नदी कटानको अनुगमन



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० कान्द्रा नदी कटानको दीर्घकालीन व्यवस्थापनका लागि सोमबार उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन गरिएको छ ।
टोलीले दुई करोड ४० लाख रुपैयाँको लागतमा निर्माणधीन कान्द्रा नदी तटबन्ध निर्माण कार्यको अनुगमन गरेको थियो । सो निर्माण कार्य हाल प्रभावबिहीन भएको छ ।
२०६४ सालदेखि कन्द्रा नदी कटान व्यवस्थापनका लागि प्रयास भइरहेको छ । एक किलोमिटर क्षेत्रमा गरिएको तटबन्धनमध्ये पाँच सय मिटर बगिसकेको छ ।
कान्द्रा नदी कटान क्षेत्रको अनुगमनमा सडक डिभिजन कार्यलय, महेन्द्रनगरका प्रमुख विनोदकुमार मौवार, इञ्जिनियर खगेन्द्र शाही, इञ्जिनियर महेन्द्र पन्त, सञ्चारकर्मी, समाजसेवी, वुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार