११ श्रावण २०८१, शुक्रबार

लम्कीमा जेसीज क्षेत्र ‘घ’ सम्मेलन हुने



लम्की । कैलालीको लम्कीमा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन हुने भएको छ । लम्की जेसीजको आथित्यतामा आगामी भदौको अन्तिम साता सम्मेलन आयोजना हुने सोमबार लम्कीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
सम्मेलनमा नेपाल जेसीजको क्षेत्र ‘घ’ अन्तर्गतको नवलपरासी, गैंडाकोटदेखि महाकाली सम्मका ४२ शाखाका चार सय बढी प्रतिनिधि सहभागी हुने छन् । सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ ।
सम्मेलनमा उत्कृष्ट तालिम, स्थानीय कला संस्कृतिको प्रर्दशनी, चिसापानी, घोडाघोडी ताल, टीकापुर पार्क, कैलाशधाम, मोहना डल्फिन अवलोकन, राजकाँडाको सुर्योदय अवलोकन लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र झल्काउने झाँकी र सांस्कृतिक कार्यक्रम आयोजना हुने जनाइएको छ ।
यसैबीच, सम्मेलन आयोजना तयारीका लागि डम्मरबहादुर शाहलाई सम्मेलन निर्देशकको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै, मनिष न्यौपाने, भवानी बास्तोला, खडानन्द सापकोटा, सूर्यबहादुर थापा, तर्कबहादुर थापा, लोकराज तिमिल्सैना, डिल्लीप्रसाद गड्तोला र रामबहादुर बोगटीलाई पनि आयोजकको जिम्मेवारी दिइएको छ ।
सम्मेलनमा निर्मला राठौरको संयोजकत्वमा सावित्री पौड्याल, शान्ति चन्द, देवकी कार्की, रमा खड्का, शोभा बिष्ट सदस्य रहेको अतिथि सत्कार उपसमितिमा गठन गरिएको छ ।
त्यस्तै, घनश्याम डाँगीको संयोजकत्वमा रामबहादुर चलाउने, दीपक कठायत र राज शाही सदस्य रहेको आवास व्यवस्थापन उपसमिति बनाइएको छ ।
आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा निर्मल सिंह र सदस्यमा कल्पना गिरी, सूर्य शाही, डेविड पौड्याल, लव शाही तथा मोहन बुढा सदस्य रहेका छन् ।
किटब्याग उपसमितिको जिम्मेवारी ललित देउवालाई दिएको छ । सांस्कृतिक व्यवस्थापनको जिम्मेवारी युवराज न्यौपानेलाई प्रदान गरिएको छ ।
मञ्च व्यवस्थापनमा लिला प्रजापति संयोजक र आशा रावल, गोमा रावल, दुर्गा गुरुङ, मीना विष्ट, कला रिमाल र संगीता आचार्य सदस्य रहेका छन् ।
त्यस्तै, तालिम व्यवस्थापनको संयोजकमा ममता रसाइली र सदस्यमा मोहन ढुंगाना तथा तिलक देवकोटा रहेका छन् ।
विद्युत तथा खानेपानीको जिम्मेवारी पूर्ण जैशी, भोजन व्यवस्थापनको संयोजकमा ईन्द्रप्रसाद देवकोटा तथा सुरक्षा स्वयंसेवक उपसमितिको संयोजक तपेन्द्र ढकाल रहेका छन् ।
अतिथि भ्रमणमा वविता न्यौपाने, स्मारिकका प्रकाशनमा नेत्रप्रसाद जैशी, प्रभातफेरी कार्यक्रमको जिम्मेवारी ईश्वरा थापा तथा यातायात व्यवस्थापन उपसमितिममा रामबहादुर चलाउने रहेका छन् ।
त्यस्तै, रजिष्ट्रेशनमा भोला पौड्याल, थीम सेमिनारमा लक्ष्मण रेग्मी, मिडिया संयोजकमा देवानन्द न्यौपानेलाई जिम्मेवारी प्रदान गरिएको छ ।
जेसीज विशेष समितिको संयोजकमा पदमप्रसाद आचार्य रहेका छन् । क्षेत्र ‘घ’ सम्मेलनका निर्देशक डम्मर शाहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन महासचिव मनिष न्यौपानेले गरेका थिए ।
सम्मेलनमा लम्की जेसिज सन् २०१७ का अध्यक्ष गुगराम चौधरी र लम्की लेडी जेसिज सन् २०१७ का अध्यक्ष कल्पना गिरीले आयोजना सफल बनाउन सबैको सहयोगका लागि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार