वेपत्ता जोशीको शव बरामद



धनगढी । आइतबार माछा मार्ने क्रममा बेपता भएका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ सिमलपुरका १५ वर्षीय गणेश जोशी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सोमबार दिउँसो पानीमा तैरिरहेको अवस्थामा उनको मृत शरीर बरामद भएको थियो ।
आइतबार दिउँसो माछा मार्ने क्रममा नदीमा बगेका गणेशको प्रहरी तथा स्थानीयले खोजी कार्य जारी राखेका थिए । अस्थायी प्रहरी पोष्ट राजीपुरका अनुसार गणेशको शव माछा मार्ने ठाउँभन्दा केही मिटर तल पानीमा उत्रिएको अवस्थामा फेला परेको थियो ।
उनी मसुरीखेत निमाविमा कक्षा ८ मा अध्ययनरत थिए । उनको शव पोष्टमार्टमको लागि सेती अञ्चल अस्पतालमा पठाइएको अस्थायी प्रहरी पोष्ट राजीपुरका हवल्दार कर्णबहादुर बिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्