११ श्रावण २०८१, शुक्रबार

खाद्य सुरक्षासम्बन्धी अन्तरक्रिया



धनगढी । धनगढीमा सोमबार खाद्य अधिकार र खाद्य सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
फाया नेपालको आयोजनामा भएको सो कार्यक्रममा नगर तथा गाउँपालिकास्तरमा खाद्य अधिकारसम्बन्धी गतिविधिबारे जानकारी गराइएको थियो ।
सो अवसरमा फाया नेपालका कार्यक्रम संयोजक लक्ष्मीभक्त जोशीले खाद्यअधिकार, खाद्यसुरक्षा र सीमान्तकृत समुदायको खाद्य सम्प्रभुता अधिकारको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन राजेन्द्र रैकाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार