११ श्रावण २०८१, शुक्रबार

दीगो विकास लक्ष्य कार्यान्वयनबारे परामर्श कार्यशाला



धनगढी । धनगढीमा मंगलबार दीगो विकास लक्ष्य कार्यान्वयनबारे प्रदेश नम्बर ७ स्तरीय परामर्श कार्यक्रम भएको छ ।
गैरसरकारी संस्था महासंघ, प्रदेश नम्बर ७ को आयोजनामा भएको कार्यक्रममा दीगो विकास लक्ष्य (सन् २०१६-२०३०) का लक्ष्यबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य दिलुप्रसाद घिमिरेले शहस्राब्दी विकास लक्ष्य २०१५ मा सकिएपछि सयुक्त राष्ट्र संघको ७० औं महासभाले दीगो विकास लक्ष्य पारित गरी १५ वर्षमा १७ वटा लक्ष्य पूरा गर्ने योजना तर्जुमा गरेको चर्चा गरे ।
दीगो विकास लक्ष्यमा सबै प्रकारका गरिबीको अन्त्य, खाद्य सुरक्षा भई भोकको अन्त्य, सबै जनताको स्वस्थ जीवन, सबैका लागि शिक्षा, लैगिक समानता र सशक्तिकरण, पानी र सरसफाईमा सबैको पहुँच, दीगो एवं आधुनिक उर्जामा सबैको पहुच, दीगो आर्थिक वृद्धि पूर्ण रोजगारी, प्रतिरोधि संरचना औद्योगिकीकिरण प्रवद्र्धन, देशभित्र र देशहरूको असमानता कम गर्ने लक्ष्य राखिएको छ । यसैगरी मानव बस्ती शहरहरू सुरक्षित, जलवायू परिवर्तन र यसका प्रभाव विरुद्ध संघर्ष, महासागर र सामुद्रिक स्रोतको संरक्षण, बनजंगलको संरक्षण, समावेशी समाज सबैको न्यायमा पहुँच र दीगो विकासका लागि विश्वव्यापी साझेदारीलाई विकास लक्ष्य राखिएको छ ।
गैरसरकारी संस्था महासंघका प्रदेश संयोजक भवराज रेग्मीले दीगो विकास लक्ष्य पूरा गर्न नागरिक समाज संस्थाको दायित्व भएको र सरकारले गैरसरकारी संस्था र निजी क्षेत्रलाई साझेदार बनाउने भनेपनि अनुगमन लगायतका कार्यदलका समावेश नगरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार