१२ श्रावण २०८१, शनिबार

चुनावी गतिविधि : प्रचारप्रसार तथा व्यवस्थापन समिति गठन



धनगढी । नेपाली कांग्रेस कैलालीले जिल्लाको क्षेत्र नम्बर ५ मा सोमबार प्रचारप्रसार तथा व्यवस्थापन समिति गठन गरेको छ ।
मंगलबार धनगढीमा नेपाली काँग्रेसको एक भेलाले सो समिति गठन गरेको जनाएको छ भेलामा काँग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, मेयर, उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यका उम्मेदवार, पार्टीका विभिन्न इकाईका पदाधिकारी तथा सदस्य, भातृ संगठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
भेलाले क्षेत्रीय सभापति हरिश खड्काको संयोजकत्वमा एक हजार पाँच सय ५१ सदस्यीय प्रचारप्रसार तथा व्यवस्थापन समिति गठन गरेको छ ।
सो अवसरमा कैलाली क्षेत्र नम्बर ६ का सांसद पुस्करनाथ ओझा, सांसद प्यारेलाल राना, महासमिति सदस्य नारायणदत्त भट्ट, नेता आन्दराज जोशी, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, नेतृ रत्ना मल्ल लगायतले धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार