११ श्रावण २०८१, शुक्रबार

राप्रपाको टिकट वितरण



धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीले गोदावरी नगरपालिकामा मेयर, उपमेयर सहित वडा अध्यक्षका उम्मेदवारहरूको टिकट वितरण गरेको छ ।
राप्रपा कैलालीका अध्यक्ष गजेन्द्रबहादुर सिंहका अनुसार गोदावरी नगरपालिकामा पार्टीका तर्फबाट मेयर पदमा चन्द्रबहादुर सिंह र उपमेयरमा नर्पदा भट्टलाई उम्मेदवार बनाइएको छ ।
मंगलबार नै राप्रपाले गोदावरीमा चुनावी प्रचारप्रसार पनि शुरु गरेको छ ।
यता धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा राप्रपाले र्‍याली निकालेको छ । र्‍यालीमा राप्रपाका तर्फबाट मेयरका उम्मेदवार बिष्णु साहु, उपमेयरका उम्मेदवार जनक कुवँर सहित नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार