डिसीए अन्तर विद्यालय क्रिकेट : ऐश्वर्य र लिटिल फ्लावर अन्तिम चारमा



धनगढी । धनगढीमा जारी डिसीए अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा ऐश्वर्य विद्या निकेतन र लिटिल फ्लावर अन्तिम चारमा पुगेका छन् ।
धनगढीमा मंगलबारको पहिलो खेलमा ऐश्वर्यले व्रोडभिजनलाई ६५ रनले हराएर सेमिफाइनलमा प्रवेश गर्‍यो ।
टस हारेर व्याटिङको निम्तो पाएको ऐश्वर्यले वर्षाका कारण छोट्याइएको १२ ओभरको खेलमा पाँच विकेट क्षतिमा ७८ रन वनायो । ऐश्वर्यका वीरेन्द्र महरले २७ र उपेन्द्र थापाले २५ रन बनाए । बलिङतर्फ व्रोडभिजनका सन्दीप कार्कीले तीन विकेट लिए ।
७९ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको व्रोडभिजन छैठौं ओभरमा सबै विकेट गुमाएर १३ रनमा समेटियो । ब्रोडभिजनमाथि सानदार जित हात पार्ने क्रममा ऐश्वर्यका लोकेश हमाल र माधव ठगुन्नाले चार/चार विकेट लिए । उपेन्द्र थापाले दुई विकेट लिए । खेलको म्यान अफ द म्याच ऐश्वर्यका लोकेश हमाल भए ।
मंथगलबार नै भएको दोस्रो खेलमा लिटिल फ्लावरले सिद्धार्थ शिशुु सदनलाई पाँच विकेटले पराजित गर्‍यो ।
टस जितेर पहिले व्याटिङ गरेको सिद्धार्थले निर्धारित २० ओभरको खेलमा १ दशमलव एक ओभरमा सबै विकेट क्षतिमा ४९ रन बनायो । टीमका लागि रोशन पालले १३ रन बनाए । लिटिल फ्लावरका प्रेम बम र अनिल थापाले तीन/तीन विकेट लिए ।
५० रनको विजय लक्ष्य लिटिल फ्लावरले नवौं ओभरमा पाँच विकेट गुमाएर प्राप्त गर्‍यो । लिटिलका कृष्ण धामीले अविजित १४ र चेतन विष्टले १२ रन बनाए ।
सिद्धार्थका नवीन बोहराले तीन र यासिस चन्दले दुई विकेट लिए । लिटिल फ्लावरका प्रेम बम म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्