११ श्रावण २०८१, शुक्रबार

चुनावी गतिविधि : काँग्रेसद्वारा भेला कार्यक्रम



धनगढी । कैलालीको लम्कीमा स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई दृष्टिगत गरी नेपाली काँग्रेस लम्कीचुहा नगर समितिले मंगलबार लम्कीमा भेला आयोजना गरेको छ । त्यस्तै, क्षेत्रीय कार्यसमितिको बैठकले विभिन्न निर्णय गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २, का अनुसार मंगलबार क्षेत्रीय सभापति भक्तबहादुर थापाको अध्यक्षतामा बसेको बृहत् बैठकले चुनाव प्रचार समिति, आर्थिक समिति, अनुगमन तथा निरीक्षण, यूवा परिचालन, सञ्चार लगायतका समितिहरू गठन गरेको जनाइएको छ ।
बैठकले लम्कीचुहा नगरपालिकाका लागि नगर सभापति रामबहादुर विष्टको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ ।
त्यस्तै, हुर्मत चलाउनेको संयोजकत्वमा आर्थिक समिति, पूर्व सांसद मानबहादुर महतोको संयोजकत्वमा चुनावी अनुगमन तथा निरीक्षण समिति गठन गरिएको छ ।
त्यस्तै, लवबहादुर शाहीको संयोजकत्वमा बृहत युवा परिचालन समिति गठन गरिएको काँग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
बैठकले डम्बरबहादुर भण्डारीलाई कार्यबाहक क्षेत्रीय सभापतिको जिम्मेवारी सुम्पिएको क्षेत्रीय सचिव तेजप्रताप मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार