२ आश्विन २०८१, बुधबार

हिमानीले देखाइन् छोराछोरीलाई शाह वंशको इतिहास



गोरखा । पूर्व राजपरिवारको कुलदेवता मानिने गोरखाकाली मन्दिरको हिमानी शाह, उनका छोरा हृदेन्द्र र छोरीहरुले मंगलबार दर्शन गरेका छन् ।
८ वर्ष पछि पूर्व युवराज्ञी हिमानी छोराछोरी र सहयोगीहरुसहित कुलदेवताको दर्शन गर्न आईपुगेकी हुन् । ‘छोराको ब्रतबन्ध पछि परम्परा अनुसार कुलदेवताको दर्शन गर्न आएका हौं,’ उनले भनिन्, ‘अन्य देवीदेवताको पनि पुजाआजा गर्न भ्रमणमा निस्केका हौं ।’ गोरखा दरबार पुगेर उनले करिब एकघण्टा पुजा गरेकी थिइन् ।
गोर्खा दरबारका कर्मचारीहरुले उनीहरुलाई बाजागाजासहित स्वागत गरेका थिए । छोरा हृदेन्द्र छोरीहरु पूर्णीमा र कृर्तिका पनि सँगै थिए । यसअघि २०६६ सालमा हिमालीले गोरखकाली मन्दिरको दर्शन गरेकी थिइन् भने पूर्व राजा ज्ञानेन्द्र शाहले २०६२ को दसैंमा कुलदेवताको पुजा गरेका थिए ।
गणतन्त्र घोषणा हुनु अघि राजपरिवारका सदस्यले हरेक वर्ष कुलदेवताको पुजा गर्न दरबार आउने गरेको प्रदिपनाथ योगीले बताए । पुजा पछि उनीहरुले गोरखा संग्राहलयको भ्रमण गरेका थिए । मंगलबार बन्द हुने संग्रालय उनको स्वागतमा खुल्ला गरिएको थियो । राजतन्त्र इतिहासमा तल्लो दरबार भनेर परिचित संग्रहालय गणतन्त्र घोषणा पछि सर्वसाधरणका लागि पनि खुल्ला गरिएको हो ।
त्यहाँ पृथ्वीनारायण शाह लगायत राजाले एकीकरणका बेला प्रयोग गरेका सामग्री र तस्बिरहरु सुरक्षित राखिएको छ । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेपछि उनीहरुलाई गोरखा नगरपालिकाले स्वागत कार्यक्रममा सहभागी भएका थिए । संघीय गणतन्त्रका नवनिर्वाचित जनप्रतिनिधिहरुले उनीहरुलाई स्वागत गरेका हुन् ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार