१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय उसु डिप्लोमा कोर्स समापन



धनगढी । नवौं राष्ट्रिय उसु डिप्लोमा कोर्स बुधबार धनगढीमा समापन भएको छ ।
कैलाली जिल्ला उसु संघको आयोजनामा १० गतेदेखि सञ्चालन भएको कोर्समा १२ जना उसु खेलाडी सहभागी थिए ।
डिप्लोमा कोर्समा अलिसा खातीले दुई सय अंकमध्ये एक सय ३१ दशमलव पाँच अंक ल्याई प्रथम भएकि छन् । भने बालचन राना द्वितीय भएका छन् ।
त्यस्तै, शिवराज सिनामी र सम्झना चौधरी तृतीय भएका छन् भने रवि चौधरीले चौथो स्थान प्राप्त गरेका छन् ।
समापन कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे ।
उसु संघका अध्यक्ष बिष्णु चन्दको अध्यक्षतामा भएको कार्यक्रममा लालबहादुर खडका, राजीव गुप्ता, तिलक चौधरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपबहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक रतन खातीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार