६ कार्तिक २०८१, मंगलवार

माओवादी केन्द्रले डडेल्धुरामा उम्मेदवारी टुंग्यायो



डडेल्धुरा ।  जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र डडेल्धुराले उम्मेदवारहरूको टुंगो लगाएको छ ।
सात वटा स्थानीय तह रहेको डडेल्धुरामा माओवादीले तीन वटा स्थानीय तहका सबै उम्मेदवारहरूको सहमति बाटै टुंगो लगाएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मानसिंह मालले जानकारी दिएका छन् ।
माओवादी केन्द्रले परशुराम नगरपालिकाको प्रमुखमा शेरसिंह माललाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपप्रमुखमा विमला महतालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार