१२ श्रावण २०८१, शनिबार

बजार बन्द गराउने चार जना पक्राउ



धनगढी । कैलालीको धनगढी बजार बन्द गराउँदै हिड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । देवरियामा भएको बृद्ध दम्पत्तीको हत्याको विषयलाई लिएर बन्द गराउँदै हिडेका चार जना लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय धर्मराज ओझा, समिर जोशी, हेमन्त मल्ल र शंकर खत्री रहेका कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले जानकारी दिए ।
ट्राफीक चोराहा र अस्पताल लाईन अगाडि बजार बन्द गराइरहेका बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रमुख चन्दले बताए ।
हत्याका मुख्य अभियुक्त पक्राउ परिसकेको र मुख्य योजनाकारको समेत पहिचान भई खोजी कार्य भइरहेको अवस्थामा अनावश्यक रूपमा बन्द गराउदै हिडेकोले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार