२० बैशाख २०८१, बिहीबार

मानव बेचबिखनविरुद्ध अभियान



धनगढी । धनगढी उपमहानगरपालिका–१२, जुगेडामा मानव बेचबिखन विरुद्ध जनचेतनामूलक अभियान सोमबार गरिएको छ ।
माइती नेपाल धनगढीद्वारा आयोजित कार्यक्रममा जनकल्याण माविदेखि नवदुर्गा आधारभूत विद्यालयसम्म र्‍याली निकालिएको थियो ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, विभिन्न संघसस्थाका प्रतिनिधि, विभिन्न महिला समूहको सदस्यहरूका साथै स्थानीयको सहभागिता रहेको थियो ।
मानव बेचबिखन विरुद्ध सडक नाटक समेत प्रदर्शन देखाउँदै पर्चा, पम्पलेट, पोस्टर र बु्रसेर समेत वितरण गरिएको थियो ।
सोमबारदेखि शुरु भएको कार्यक्रम हसुलिया, पवेरा, धनसिंहपुर हुँदै गोदावरी नगरपालिकामा समापन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार