११ श्रावण २०८१, शुक्रबार

बजार अनुगमनका क्रममा अखाद्य वस्तु बरामद



धनगढी । क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, धनगढीले धनगढीका विभिन्न स्थानबाट अखाद्य वस्तु बरामद गरेको छ ।
कार्यालयले तीन दिनदेखि सञ्चालन गरेका बजार अनुगमनका क्रममा हरि इम्लेक्सबाट लेबल नभएका सूर्यमुखी तेल, तोरीको तेल, तेडी किराना पसलबाट म्याद नाघेको पेप्सी जफत गरी नष्ट गरेको जानकारी दिएको छ ।
कार्यालयले धनगढीका पाँच वटा पानी उद्योग, २४ किराना पसल र एक होटलमा अनुगमन गरेकोमा ३० संकास्पद नमूना संकलन गरेको कार्यालय प्रमुख उपेन्द्र रायले जानकारी दिए ।
अनुगमन टोलीमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका, कार्यालय प्रमुख उपेन्द्र राय, खाद्य निरीक्षक नरेन्द्र सिंह थलाल र जगदीश जोशीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार