११ श्रावण २०८१, शुक्रबार

शुल्क वृद्धिको विरोधमा आन्दोलन जारी



धनगढी । नियम विपरीत बढाएको शैक्षिक शुल्क फिर्ता नलिएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनहरूले आन्दोलन जारी राखेका छन् ।
सरकारले तोकेको भन्दा अधिक शुल्क लिएको र सर्वोच्च अदालतको आदेश विपरीत शुल्क बढाएको भन्दै सबै ठुला दल निकट विद्यार्थी एकजुट भएर बिहीबार जिल्ला शिक्षा कार्यालय, प्याब्सन र एन प्याब्सनका कार्यालयहरूमा तालाबन्दी गरेका छन् ।
बुधवार कैलालीका ४० वटा विद्यालयका लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका विद्यार्थी सङ्गठनले बिहीबार थप १० वटा विद्यालयमा तालाबन्दी गरेका छन् ।
यस्तै, विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्दै विद्यार्थी सङ्गठनहरूले जनक शिक्षा सामग्रीको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।
त्यस्तै, कैलाली विद्या निकेतन, मोर्डन ऐरा लगायतका थप १० वटा विद्यालयमा बिहीबार तालाबन्दी गरिएको जनाइएको छ ।
बुधवार धनगढी उपमहानगरपालिकाभित्र रहेको एलाईन्स ईन्टरनेश्नल बोर्डिङ स्कुल, धनगढी सिटी, स्टेपिङ स्टोन इंग्लिस बोर्डिड्ड स्कुल, वेष्टर्न क्रिष्टल, शिद्धार्थ शिशु सदन उच्च मावि, एश्वर्य विद्या निकेतन, मालीका बोर्डिड्ड स्कुल, एक्सिस विद्याश्रम लगायतका गरी १८ र टीकापुर, अत्तरिया, सुखड क्षेत्रका निजी विद्यालयमा गरिएको तालबन्दी बिहीबार पनि यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार