११ श्रावण २०८१, शुक्रबार

४० विद्यालयमा तालाबन्दी



धनगढी । नियम विपरित बढाएको शैक्षिक शुल्क फिर्ता नलिएको भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार कैलालीका ४० वटा विद्यालयका लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका छन् ।
सरकारले तोकेको भन्दा बढी शुल्क लिएको र सर्वोच्च अदालतको आदेश विपरित शुल्क बढाएको भन्दै विभिन्न दल निकट विद्यार्थीले संयुक्त रूपमा तालाबन्दी गरेको जनाएका छन् ।
बुधबार धनगढी उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका एलाइन्स इन्टरनेशनल स्कुल, धनगढी सिटी, स्टेपिङ स्टोन, वेष्टर्न क्रिष्टल, शिद्धार्थ शिशु सदन, ऐश्वर्य विद्या निकेतन, मालिका बोर्डिङ स्कुल, एक्सिस विद्याश्रम लगायत १८ र टीकापुर, अत्तरिया तथा सुखड क्षेत्रका निजी विद्यालयहरूमा तालबन्दी गरेका छन् ।
विद्यार्थी संगठनहरूले मंगलबार जिल्ला शिक्षा कार्यालय घेराउ गरेका थिए । लेखा र प्रशासनमा तालाबन्दी गरे पनि पठनपाठन भने नरोकिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डम्मर भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार