१२ श्रावण २०८१, शनिबार

पुनर्निर्माणको कार्यमा बाधा सिर्जना ग¥यो : उपाध्यक्ष रावल



धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले काँग्रेस माओवादी केन्द्र गठबन्धनले सरकार र प्राधिकरण दुबैलाई अस्थीर र अन्योलग्रस्त तुल्याएर पुनर्निर्माणको कार्यमा बाधा सिर्जना गरेको बताएका छन् ।
मंगलबार प्रेस वक्तव्य जारी गर्दै उपाध्यक्ष रावलले दुई महिनादेखि प्रधानमन्त्री पुष्पकमल दाहालले प्राधिकरण निर्देशक समितिको बैठक नबोलाएर निर्देशक समितिलाई निष्क्रिय बनाएको जनाएका छन् ।
भुकम्प गएको दुई वर्ष बितिसकेको स्मरण गर्दै उपाध्यक्ष रावलले प्राधिकरणका वर्तमान कार्यकारी प्रमुख स्वयंले प्राधिकरणको औचित्यमाथि नै प्रश्न उठाउँदै काम हुन नसकेको तथ्य स्वीकार गरेको वक्तव्यमा भनेका छन् ।
प्राधिकरणलाई अकर्मण्यताको चक्रमा फँसाएर भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको निर्माणमा उदासिनता देखाउने वर्तमान सरकारको क्रियाकलाप निन्दनीय रहेको प्रेस वक्तव्यमा भनिएको छ ।
नेकपा (एमाले)को नेतृत्वमा सरकार भएको बेला भारतीय नाकाबन्दीको सामना गर्दै भूकम्पपीडित जनतालाई राहत, भूकम्पबाट ध्वस्त र क्षतिग्रस्त नीजि तथा सार्वजनिक संरचनाहरूको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिँदै काम गरिएको स्मरण गर्दै वक्तव्यमा भनिएको छ वर्तमान सरकार उदासिन रहेकाले पुनर्निर्माणको काममा राजनीति नगरी प्रकावकारी रूपमा काम गर्न सरकार र प्राधिकरणसँग माग गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार