१२ श्रावण २०८१, शनिबार

नेपाली भाषा शिक्षण पुनर्ताजगी तालिम



धनगढी । रुम टु रिड र वेस कैलालीको साझेदारी तथा जिल्ला शिक्षा कार्यालय, कैलालीको समन्वयमा सञ्चालित एकीकृत साक्षरता कार्यक्रम अन्तर्गत आयोजित नेपाली भाषा शिक्षण पुनर्ताजगी तालिम सोमबार समापन भएको छ ।
तालिममा धनगढी, श्रीपुर, गेटा, उर्मा र लिक्मा स्रोत केन्द्रका ४० विद्यालयका ८० जना शिक्षकशिक्षिकाको सभागिता रहेको थियो ।
सन् २०१५ देखि संचालित साक्षरता कार्यक्रमको सान्दर्भीकरणका बारेमा जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको वेस कैलालीका संयोजक पूजा सिंह घर्तीले बताइन् ।
तालिममा चारवटै स्रोत केन्द्रका स्रोत व्यक्तिहरूको उपस्थिति रहेको थियो । १६ दिनसम्म सञ्चालित तालिममा रुम टु रिड साक्षरता कार्यक्रम अधिकृत राजन सापकोटा, कार्यक्रम सहायक केशव गुरागाईं, शैक्षणिक ढाचा निर्धारण तथा शिक्षक सहयोग विभाग कार्यक्रम सहायक अनन्त वाग्ले र वेस कैलालीका साक्षरता सहजकर्ताहरूले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार