११ श्रावण २०८१, शुक्रबार

घोडाघोडी तालको संरक्षणका लागि अन्तरक्रिया



पहलमानपुर । कैलालीको सुखडमा नव वर्ष २०७४ को शुभकामना आदानप्रदान तथा घोडाघोडी ताल क्षेत्रको विकास, सम्भावना तथा चुनौति विषयक् कार्यक्रम आइतबार भएको छ ।
कैलालीको सखडबाट प्रकाशित हुने घोडाघोडी साप्ताहिकको आयोजनामा कैलालीको मध्यवर्ति क्षेत्रमा रहेको घोडाघोडी तालको संरक्षण, प्रवद्र्धनमा यस क्षेत्रका सम्पूर्ण सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
नेपाल पत्रकार मंहासंघका कैलाली अध्यक्ष जगत साउँद प्रमुख आतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथि घोडाघोडी नगरपालिकाका कार्यकारी अधिकृत राजु न्यौपाने तथा इलाका प्रशासन कार्यालय सुखडका प्रमुख शीतलसिंह उखेडा रहेका थिए ।
घोडाघोडी साप्ताहिकका सहसम्पादक भानुभक्त आचार्यले कार्यक्रमको विषयवस्तुमाथि व्यक्त गरेको कार्यक्रममा भीम वडुवाल, बालकृष्ण न्यूरे, मनराज शाही, विष्णु सापकोटा, हेम बम, खगेन्द्र हमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन साप्ताहिकका सम्पादक जमुना न्यूरेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार