३१ भाद्र २०८१, सोमबार

माओवादी केन्द्रद्वारा १२ ठाउँमा चुनावी सभा



धनगढी । माओवादी केन्द्रले धनगढीसहित कैलालीका १२ वटा स्थानीय तहमा चुनावी सभा गरेको छ । जिल्लाको टीकापुरमा भने कार्यक्रम भएको छ ।
माओवादी केन्द्रले चुनावी सभासँगै जिल्लाका एक उपमहानगरपालिका, पाँच वटा नगरपालिकाका मेयर र उपमेयर तथा छ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारहरू पनि घोषणा गरेको छ ।
सो पार्टीका सम्बन्धित स्थानीय कमिटिले आ–आप्mनो क्षेत्रमा आयोजना गरेका चुनावी सभामा उम्मेदवारहरूको पनि घोषणा गरिएको थियो ।
माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि रामसमझ राना र उपमेयरमा शान्तिकुमारी अधिकारी (क्षेत्री) लाई उम्मेदवार घोषणा गरेको छ ।
त्यस्तै, गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट तथा उपमेयरमा शोभा नेपाली थारू, गौरीगंगा नगरपालिकामा देविदत्त कँडेल र करुणा चौधरी, घोडाघोडी नगरपालिकामा लक्ष्मण चौधरी र दुर्गा चलाउने तथा लम्की नगरपालिकाको मेयरमा दलबहादुर विष्ट र उपमेयरमा सुवित्रीदेवी चौधरीलाई उम्मेदवार घोषणा गरिएको छ ।
त्यस्तै, भजनी नगरपालिकाबको मेयरमा शेरबहादुर चौधरी र उपमेयरमा सितादेवी चौधरी तथा टीकापुर नगरपालिकाको मेयरमा ललित थापा र उपपेयरमा पार्वती चौधरीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, चुरे गाउँपालिका प्रमुखमा किशनसिंह साउँद र उपप्रमुखमा डिलादेवी सिजापती, कैलारी गाउँपालिकामा लाजुराम चौधरी र लक्ष्मी चौधरी, जानकी गाउँपालिकामा फूलराम चौधरी र अमृता भट्टराई तथा मोहन्याल गाउँपालिकाको प्रमुखमा धर्मबहादुर थापा र उपप्रमुखमा जानकी भण्डारीलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै, बर्दगोरिया गाउँपालिका प्रमुखमा गणेश गिरी र उपप्रमुखमा भगवतीदेवि डंगौरा थारू रहेका छन् । जोशीपुर गाउँपालिकामा भने उम्मेदवारको अझैं टुुंगो लागेको छैन ।
त्यस्तै, माओवादी केन्द्रले जिल्लाका १२ वटा स्थानीय तहका सबै वडामा वडाध्यक्ष, सदस्य तथा महिला सदस्यका उम्मेदवारहरूको घोषणा गरेको छ ।
माओवादी केन्द्रबाट उपमहानगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा मेघराज लामिछाने, २ मा तिलकबहादुर सिंह, ३ मा बलबहादुर ऐर, ४ मा डिल्ली भट्ट, ५ मा चक्र विक, ६ मा भागीराम चौधरी, ७ मा लोकेन्द्र जैशी, ८ मा सुग्रीव रानाथारू र वडा नम्बर ९ मा चन्द्र पार्कीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
त्यस्तै, वडा नम्बर १० मा दिलबहादुर राना, ११ मा गंगा राना, १२ मा खडकराज भट्ट, १३ मा ऋषिराज विनाडी, १५ मा पूmलराम चौधरी, १६ मा दरवारी राना, १७ मा रामबहादुर चौधरी, १८ मा मुरारी अधिकारी र १९ मा राधाकृष्ण अधिकारी रहेका छन् ।
यसैबीच, नेकपा माओवादी केन्द्रले शनिबार धनगढीमा आयोजना गरेको चुनावी सभामा पोलितव्युरो सदस्य लेखराज भट्टले स्थानीय तह निर्वाचनमा माओवादीलाई विजयी गराउन आग्रह गरे ।
उनले माओवादीका कारण नै राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, उत्पीडन जातीको अधिकार लगायतका उपलब्धी प्राप्त भएको चर्चा गरे ।
कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार रामसमझ राना र उपमेयरका उम्मेदवार शान्तिकुमारी अधिकारी (क्षेत्री) ले धारणा व्यक्त गरेका थिए । कार्यक्रम वाइसीएलका केन्द्रीय सदस्य नरेन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको थियो ।
माओवादी केन्द्रका नगर अध्यक्ष निर्मल शाहले सञ्चालन गरेको सो कार्यक्रममा नेता रमेश धामी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रमेश भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार