११ श्रावण २०८१, शुक्रबार

करेन्ट लागेर एकको मृत्यु



धनगढी । कैलालीको गोदावरी नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
बाजुरा बुढिनन्दा नगरपालिका (साविक कोटिला गाविस) बस्ने १४ वर्षिय झलक भाटको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
उनी एक हप्ता अगाडि गोदावरी नगरपालिका (साविक अत्तरिया नगरपालिका–१३) का प्रेमराज जोशीको घरमा भाडामा बस्दै आएका थिए ।
न्यु बुद्ध डेन्टल संचालन रहेको घरको दुई तथा माथि छतबाट नजिकै रहेको थ्रि फेसको विद्युत
लाईनमा करेन्ट लागेर भुईमा खसेर गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार