११ श्रावण २०८१, शुक्रबार

निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण



धनगढी । धनगढीस्थित शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साईन्सले प्लस टु तथा क्याम्पसस्तरीय निबन्ध प्रतियोगितामा प्रथम भएका छत्र खड्कालाई बुधवार सम्मान तथा पुरस्कार प्रदान गरेको छ । विजेता खड्काले पुरस्कारस्वरूप १५ हजार रुपैयाँ प्राप्त गरे ।
बुधवार भएको एक कार्यक्रमबिच नवजीवन सहकारी संस्थाका अध्यक्ष रतनबहादुर कठायत र स्कुलका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले संयुक्त रूपमा विजेता खड्कालाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
शैलेश्वरीमा ल्याव दोस्रो वर्षमा अध्ययनरत खड्का ६० औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा नवजीवन सहकारी संस्था लिमिटेड धनगढीद्वारा आयोजित प्लस टु तथा क्याम्पसस्तरीय निबन्ध प्रतियोगितामा प्रथम भएका थिए ।
शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साईन्सका क्याम्पस प्रमुख थानेश्वर जोशीले सञ्चालन गरेको कार्यक्रममा पश्चिम सेती कलेजका प्राचार्य यादवप्रसाद जोशीलगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
निबन्ध प्रतियोगितामा ९७ जना विद्यार्थी सहभागी रहेका थिए । प्रतियोगितामा द्वितीय भएकालाई १० हजार र तृतीयलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार