३१ भाद्र २०८१, सोमबार

थरुहट/थारूवानद्वारा आन्दोलनका कार्यक्रम घोषणा



धनगढी । थरुहट/थारूवान संयुक्त सङ्घर्ष समिति र सङ्घीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
मङ्गलवार धनगढीमा पत्रकार सम्मेलन थरुहट सघर्ष समितिले आज (बुधवार) देखि शान्तिपूर्ण आन्दोलन अघि बढाइने जानकारी दिइयो ।
सङ्घर्ष समितिका प्रवक्ता माधव थारूले राजबन्दी परिवारमार्फत राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाउने, मोटरसाइकल र्‍याली, धनगढीमा कोणसभा तथा जिल्लाका प्रमुख स्थानमा मसाल जुलुस गर्ने जानकारी दिए ।
आन्दोलनका क्रममा थरुहट बन्द, नेपाल बन्द, निर्वाचन सम्बन्धी सरकारी कार्यक्रम बहिष्कार तथा आमहडताल लगायतका कार्यक्रम रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा सङ्घर्ष समितिका कार्यवाहक संयोजक कृष्णकुमार चौधरीले स्थानीय चुनावको विरोधमा नभए पनि थारू, आदिवासी, जनजाति लगायतका आवाज सरकारले नसुनेकोले आन्दोलन गर्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार