१२ श्रावण २०८१, शनिबार

राप्रपाले निर्वाचन आयोगको निर्णय जलायो



धनगढी । पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएको भन्दै राप्रपाले मङ्गलवार धनगढीमा निर्वाचन आयोगको निर्णयको प्रतिलिपि जलाएको छ ।
गत चैत ४ गते निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लेख रहेको हिन्दूराष्ट्र र राजतन्त्र भन्ने शब्द संविधानको भावना अनुकूल नभएकाले हटाएर विधान स्वीकृत गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री चन्द्रबहादुर गुरुङ, केन्द्रीय सदस्य राजेश भण्डारी, नेतृ जनक कुँवर, जिल्ला अध्यक्ष गजेन्द्रबहादुर सिंह, छत्र शाह लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार