११ श्रावण २०८१, शुक्रबार

काँग्रेसले प्रचारप्रसारलाई तीव्र बनायो



धनगढी । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका समितिले आसन्न स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी चुनाव प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ ।
यस क्रमममा मङ्गलवार उपमहानगरपालिकाको वडा नम्बर २, ८ र १० मा चुनाव प्रचारप्रसार सचिवालय स्थापना गरेको छ ।
चुनाव प्रचारप्रसार सचिवालयहरूको सांसद पुष्करनाथ ओझाले उद्घाटन गरेका थिए । धनगढी उपमहानगरपालिका–२ मा भएको कार्यक्रम वडा सभापति नरबहादुर बमको अध्यक्षतामा भएको थियो ।
त्यस्तै, वडा नम्बर ८ मा भएको कार्यक्रमको वडा सभापति चेतराम राना र वडा नम्बर १० मा वडा सभापति चाइना रानाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमहरूमा सांसद ओझा, नेता नारायणदत्त भट्ट, जिल्ला सदस्य नृप सुनार मेयर पदका दावेदारहरू र ठुलो सख्यामा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
यस्तै, नेपाली काँग्रेस कैलारी गाउँपालिकाले वडा नम्बर ४ र ७ मा वडा भेला कार्यक्रम गरेको छ ।
भेलामा नेपाली काँग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, बुद्धिसागर चौधरी, जिल्ला सभापति नरनारायण शाह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार