१२ श्रावण २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु



धनगढी । पूर्णागिरी दर्शन गरेर मोटरसाइकलमा घर फर्किरहेका दुई जनाको मंगलबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, वनसमिति नजिक मृत्यु भएको छ ।
पूर्णागिरी दर्शन गरेर फर्किरहेका कैलालीको हसुलियाका ३७ वर्षीय वसन्त विक र ३५ वर्षीया मीना विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू चढेको मोटरसाइकललाई पूर्णागिरी दर्शन गर्न जाने दर्शनार्थी लिएर कैलाली आइरहेको सुदूरपश्चिम यातायातको ना३ख ३९५५ नम्बरको बसले ठक्कर दिएको जनाइएको छ ।
बसले ठक्कर दिएलगतै मोटरसाइकल चालक वसन्तको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते मीनाको महाकाली अञ्चल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको थियो ।
ठक्कर दिने बस चालक फरार भएको र बस इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार