११ श्रावण २०८१, शुक्रबार

अमेरिकामा नेपाली नयाँ वर्षको रौनक



धनगढी । अमेरिकामा रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी नयाँ वर्ष २०७४ मनाईरहेका छन् । नयाँ वर्षमा घरदेश फर्कन नपाएका नेपालीहरूले विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाईरहेका छन् । विगत एक साता यता नेपाली समुदायको बाक्लो बस्ती रहेका विभिन्न राज्यहरूमा विगत एक साता यता नयाँ वर्षको अवसर परि नेपाली समुदायले विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।
यस बिचमा अमेरिकाको मेरिल्याण्ड राज्यमा समेत नयाँ वर्षको अवसर पारि सोमवार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
मेरिल्याण्डका सुदुरपश्चिमबासीहरुले आयोजना गरेको कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेका नेपालका ७ वटै प्रदेशका नेपाली समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो । बिसु पर्वको महत्वका बारेमा समेत जानकारी गराइएको कार्यक्रममा सहभागिहरुले एक आपसमा शुभकामना साटासाटका साथै देउडा खेलेर रमाइलो गरेका थिए ।
कार्यक्रमको उद्धेश्यबारे एनआरएन मेरिल्याण्ड च्याप्टरका महासचिव अर्जुन हमाल र सहभागिहरुलाई आयोजक कमिटीका सचिव दमन विक्रम शाहले धन्यवाद ज्ञापन गरेका थिए । संचारकर्मी रमेश भट्टराईले सञ्चालन गरेको कार्यक्रम आयोजक कमिटीका संयोजक मोहनजंग शाहीको संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार