१ कार्तिक २०८१, बिहीबार

राप्रपाले अञ्चलस्तरीय चुनावी सभा गर्दै



धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सेती र महाकालीमा अञ्चलस्तरीय चुनावी सभा गर्ने भएको छ । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राप्रपाले बैशाख ३ र ४ गते प्रदेश नम्बर ७ मा अञ्चलस्तरीय चुनावी सभा आयोजना गर्ने जानकारी दिइयो ।
बैशाख ३ गते कैलालीको टीकापुर र ४ गते कञ्चनपुरको महेन्द्रनगरमा चुनावी सभा आयोजना गरिएको राप्रपा कैलालीका जिल्ला अध्यक्ष गजेन्द्रबहादुर सिंहले बताए ।
चुनावी सभामा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा, वरिष्ठ नेताहरू लोकेन्द्रबहादुर चन्द र पशुपति समशेर राणा लगायतको सहभागिता रहने उनले बताए ।
राप्रपा जिल्ला अध्यक्ष सिंहले स्थानीय तह चुनावको लागि राप्रपाले उम्मेदवार छनौटको प्रक्रियालाई पनि तीब्र बनाएको बताए । उनले केही स्थानमा नेपाली काँग्रेस र एमालेसंग तालमेल गरेर चुनाव लड्ने रणनीति समेत बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार