१२ श्रावण २०८१, शनिबार

काँग्रेसद्वारा टोलटोलमा भेला



धनगढी । आसन्न स्थानीय निर्वाचनलाई दृष्टिगत गर्दै नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिका लगायत जिल्लाका सबै स्थानीय तहमा भेलासहितका कार्यक्रम तीब्र बनाएको छ ।
यस क्रममा बिहीबार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका विभिन्न टोलमा चुनावी सभा आयोजना गरिए ।
बिहीबार वडा नम्बर १ का वसन्तटोल, त्रिवेणीचोक, भगवतीटोल, वडा नम्बर २ का महतोटोल, साइलीकटान लगायतका स्थानमा भेला गरेको जनाइएको छ ।
भेलाहरूमा कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझा, नेताहरू नारायणदत्त भट्ट, आनन्दराज जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसै गरी, धनगढी उपमहानगरपालिकामा मेयर पदका दावेदार नृप वड, क्षितिज भण्डारी, केशव मिश्र, सुशीला मिश्र भट्ट र प्रभातकुमार चौधरीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
त्यसै गरी, उपमहानगरपालिकामा उपमेयरका दावेदार जीवन राना, सुनीता राना, गौरी लामा, पुष्पा भट्ट, रक्षा महरा र जानकी जोशीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका जिल्ला सदस्य नृप सुनार, महाधिवेशन प्रतिनिधि रत्ना मल्ल, वडा नम्बर १ का सभापति महादेव सोव र वडा नम्बर २ का सभापति नरबहादुर बमले पनि मन्तव्य व्यक्त गरेका थिए ।
विभिन्न स्थानमा भएका भेलाहरूमा सांसद ओझाले नेपाली काँग्रेस जहिले पनि नगरबासीका समस्याप्रति गम्भीर रहेको बताए ।
भेलाहरूमा उपमहानगरपालिकामा चक्रपथ निर्माण, हुलाकी सडक निर्माणका साथै, शिक्षा, स्वास्थ्यसेवा लगायतका कार्यमा बढी जोड दिइएको चर्चा गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार