१२ श्रावण २०८१, शनिबार

अर्को संशोधन प्रस्ताव ‘राष्ट्रघाती’– एमाले नेता रावल



धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले संसद्मा दर्ता गरेको अर्काे संविधान संशोधन प्रस्तावलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।
‘सिमांकनलाई थाती राखेर भाषा, नागरिकता लगायतका विषयमा ल्याइएको संविधान संशोधनले नेपाललाई कमजोर पार्ने देखिएको छ’ बुधवार धनगढीमा नेकपा एमाले प्रदेश नम्बर ७ को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै उनले भने ‘हाम्रो पार्टीले कुनै पनि हालतमा यो संशोधन पारित हुन दिने छैन ।
उनले सत्तारुढ दलहरू स्थानीय तहको चुनाव नगराउने खेलमा लागेको आभास भएको बताए । उनले संविधान संशोधन गर्नुभन्दा पनि वैशाख ३१ गते निर्वाचन गर्नेतिर सरकारले ध्यान दिन जरुरी रहेको दोहोर्‍याए ।
उनले आफ्नो पार्टी आसन्न स्थानीय निर्वाचनमा एक नम्बर पार्टी बन्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार