३ आश्विन २०८१, बिहीबार

स्वच्छ र शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्न आग्रह



धनगढी । नेकपा (एमाले) प्रदेश नम्बर ७ ले सरकारसँग आसन्न स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र स्वच्छ वातावरणमा गर्न आग्रह गरेको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रदेश नम्बर ७ का संयोजक भीम रावलको अध्यक्षतामा सोमबार र मङ्गलवार बसेको बैठकले नेपाल सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायलाई शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्न आग्रह गरेको छ ।
बैठकले देश तथा प्रदेशको समग्र राजनीतिक स्थितिको समग्र विश्लेष गर्नुका साथै निर्वाचनको स्थितिको लेखाजोखा गरेको संयोजक रावलले जानकारी दिए । बैठकले प्रदेश सङ्गठन कमिटीका अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्च तथा १६ विभागहरूको गठन गरेको छ ।
बैठकले प्रदेश सङ्गठन कमिटीका सहसंयोजक कर्ण थापाको संयोजकत्वमा प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
बैठकमा उपाध्यक्ष रावलले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
उनले वर्तमान सरकारले संविधान संशोधनको असामयिक कुरा उठाउँदै नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रदेशको प्रतिनिधित्व जस्ता अत्यन्त संवेदनशील विषयमा संविधान संशोधनको मागप्रति विरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार