१२ श्रावण २०८१, शनिबार

७१ वर्षीया एकल महिलाको हत्या



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४, गोलाई बस्ने एक बृद्धा एकल महिलाको हत्या भएको छ । गोलाईको आफ्नो घरमा एक्लै बस्दै आएकी ७१ वर्षीया हंसादेवी उपाध्यायको आइतबार राति हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मृतक हंसादेवीका आफन्तका अनुसार उनीहरूले सोमबार साँझ मात्र उनको हत्या भएको थाहा पाएका थिए । हंसादेवीका दुवै हात बाँधिएको र मुखमा पट्टी लगाइएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले घरमा एक्लै बस्दै आएकी एकल महिला हंसादेवीको सम्पत्ति लुट्नका लागि हत्या भएको हुनसक्ने सम्भावना रहेको बताए ।
डिएसपी चन्दले उनको शव पोस्टमार्टमका लागि सोमबार साँझ नै जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार