१२ श्रावण २०८१, शनिबार

हटलाइन सेवासम्बन्धी अभिमुखीकरण



धनगढी । नेपालमा गैरसरकारी संस्थाहरूको जवाफदेहिता र सुशासन सवलीकरण हटलाईन सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम धनगढी शनिवार भएको छ । गैसस महासङ्घ, कैलालीको आयोजनामा सो कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहभागी जिल्लास्थित गैससका प्रतिनिधिहरूले सङ्घीय संरचना अनुसार गैससलाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए । गैसस महासङ्घले पुरानै किसिमका कार्यक्रमहरुलाई भन्दा पनि समयमो माग अनुसार आफ्ना कार्यक्रमहरुलाई अघि बढाउनु पर्ने सिविल नेपालका क्षेत्रीय संयोजक माधव लोहनीले आग्रह गरे ।
कमैया प्रथा उन्मुलन समाजका कैलाली अध्यक्ष वसन्ती चौधरीले गैससहरुलाई दातृ निकायबाट उपलब्ध हुने कार्यक्रहरुमा साना संस्थाहरूको पहुँच हुन नसकेको बताइन् । कार्यक्रम सहभागी गैससका प्रतिनिधिहरूले राजधानी तथा जिल्ला केन्द्रित गैससहरुले साना संस्थाहरूले प्रोत्सहान गर्नुको साँटो कमजोर पार्न गतिविधिका कारण समस्या भएको बताएका थिए ।
कार्यक्रममा सहजिकरण गैसस महासङ्घ नेपाल कार्यक्रम संयोजक विनोद गौतमले सहजीकरण गरेका थिए । गैसस महासङ्घ नेपाल जिल्ला शाखा कैलालीका अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गैसस महासङ्घ नेपालका क्षेत्रीय अध्यक्ष भवराज रेग्मी रहेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य चेतमान साउदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार