१२ श्रावण २०८१, शनिबार

दुई चरणमा चुनाव नगर– एमाले नेता रावल



बौनिया । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले स्थानीय निर्वाचन दुई चरणमा नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
उनले नेपाली काँंग्रेसका केही नेता तथा केही अन्यले निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहेको बताए । उनले यो चुनाव सार्ने खेल भएको र एमालेले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।
प्रेस चौतारीले शनिवार बौनियामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई चरणका निर्वाचनका कुरा गर्नु सरकारको आफ्नै प्रतिबद्धताको विपरीत र जनताको आशा, आकाङ्क्षा र राष्ट्रिय हित विपरीत रहेको बताए ।
रावलले सरकारले ल्याएको सविधान सशोधन राष्ट्र हित विपरीत भएकोले फिर्ता लिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार