४ आश्विन २०८१, शुक्रबार

आसन्न स्थानीय निर्वाचन : दलित तथा महिलाको सहभागिता वृद्धिबारे पहल



धनगढी । आसन्न स्थानीय तहको निर्वाचनमा महिला तथा दलितको सहभागिता सुनिश्चिताको लागि पहल थालिएको छ ।
स्थानीय तहको निर्वाचनमा विभिन्न दलबाट विभिन्न पदका लागि महिलाले दावेदारी दिने क्रम बढेको छ । तर, आर्थिक अभाव, दलहरूले टिकट दिन आनाकानी गर्ने आदि कारणले सक्षम भएर पनि उम्मेदवारी दिन पाइरहेका छैनन् ।
गौरीगंगा नगरपालिकामा वडाध्यक्षका लागि आकांक्षी नामसरा नेपालीले आर्थिक स्थिति कमजोर भएकै कारण मनोबल कमजोर भएको बताइन् ।
त्यस्तै, माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिका सदस्यकी आकांक्षी प्रेमकला सोव, शुक्लाफाँटा नगरपालिकामा उपमेयरकी आकांक्षी अनिता नेपाली, गोदावरी नगरपालिकामा मेयरकी दावेदार चुनकुमारी चौधरी, गौरीगंगा नगरपालिकाकी यममाया ढकाल, राष्ट्रिय जनमोर्चाका तर्फबाट घोडाघोडी नगरपालिकामा मेयरकी आकांक्षी मेनुका खड्कालगायतले आफ्नो अनुभव व्यक्त गरेका थिए ।
दलित महिलाअधिकार मञ्चको आयोजनामा शुक्रवार धनगढीमा भएको कार्यक्रममा नेपाली काँंग्रेस, कैलालीका जिल्ला सदस्य नृप सुनारले काँग्रेसले विभिन्न वडामा उम्मेदवारीबारे छलफल गर्दा महिला तथा दलितलाई प्राथमिकता दिने गरेको बताए ।
दलित महिलाअधिकार मञ्चको आयोजनामा भएको ‘स्थानीय तहको निर्वाचनमा महिला तथा दलितको सहभागिता’ विषयक् अन्तक्र्रिया कार्यक्रममा विभिन्न सङ्घ संस्थाका व्यक्तिहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
दलित महिलाअधिकार मञ्चकी अध्यक्ष बिमला बगालेको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चकी निर्देशक सावित्रा घिमिरेले सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार