१० श्रावण २०८१, बिहीबार

विपद् प्रतिकार्य सम्बन्धी कार्यक्रम



धनगढी । नेपाल रेडक्रस सोसाइटी कैलालीको आयोजनामा शुक्रवार धनगढीमा समुुदायको विपद् प्रतिकार्यका लागि क्षमता विकास कार्यक्रम अभिमुखिकरण कार्यक्रम भएको छ ।
नेपाल विभिन्न प्रकारका प्राकृतिक जोखिमको उच्चसूचीमा रहेकाले जोखिमको समयमा तत्काल उद्धार टोली आउनुुभन्दा पहिले नै घटनालाई थप जोखिमपूर्ण हुन नदिन सोही ठाउँका स्थानीय समुदायका व्यक्तिहरूलाई अभिमुखीकरण प्रदान गर्ने गरेको छ ।
कुन ठाउँमा कस्तो प्रकारको जोखिम हुने गर्दछ सोही अनुुसारको तालिम प्रदान गर्दै घटना भएको २४ देखि ७२ घण्टा सम्ममा घटनालाई थप जोखिम हुन नदिन मेडिकल, उद्धार गर्ने, शव व्यवस्थापन जस्ता आधारभूत तालिम दिने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक सभापति रतन कठायतले बताए ।
उनले तालिममा जीवन रक्षा, प्राथमिक उपचार, खोज तथा उद्धार, आगलागी, पानीजन्य खतरा लगायतका आपत्कालीन विषयलाई समावेश गरी तालिम प्रदान गरिने जानकारी दिए । अभिमुखीकरणको पहिलो चरणको कार्यक्रम २०६९ देखि ०७२ सम्म सञ्चालन भएको थियो । दोस्रो चरणको कार्यक्रम २०७३ कात्तिकदेखि ०७६ असोजसम्म सञ्चालन हुने छ ।
युुएसएआइडी र अमेरिकन रेडक्रसको सहयोगमा हाल यो कार्यक्रम कैलाली, सर्लाही, मकवानपुर, डोटी र बाग्लुुङमा सञ्चालनमा छ ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कैलाली जिल्लामा नदीकटान, पटान र डुवानको जोखिममा रहेकाले कुन क्षेत्रमा के समस्या छ सोहीअनुुसार समुदायको प्रतिकार्यको क्षमता अभिवृद्धि गराउन सके घटनाको जोखिम न्यूनिकरण गर्न सकिने बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालले लक्ष्यअनुुसार जान सकिए यस कार्यक्रमले दुुर्घटना व्यवस्थापनमा ठुलो योगदान पुग्ने बताए ।
कार्यक्रममा खगेन्द्रराज जोशीले कार्यक्रमबारे जानकारी दिएका थिए । नेपाल रेडक्रस सोसाइटी, कैलालीका कार्यबाहक सभापति कठायतको अध्यक्षतामा भएको कार्यक्रममा ईन्द्रा मल्लले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार