भ्रष्टाचारमुक्त समाजका लागि अन्तरक्रिया



धनगढी । ‘राष्ट्रिय समृद्धिका लागि भ्रष्टाचारमुक्त समाज’ भन्ने नाराका साथ भाली शनिवार धनगढीमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको नागरिक समूहले भ्रष्टाचार उन्मुलनका लागि अन्तरक्रिया गर्न लागेको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।


समाजमा व्याप्त भ्रष्टाचारलाई खबरदारी गर्दै नेपालको विकास र समृद्धिका बारेमा वकालत गर्दै आएको सो समूहले यस क्षेत्रमा पनि सरोकारवाला निकायहरूलाई खवरदारी गर्न कार्यक्रमको आयोजना गर्न लागेका नागरिक समूहका महासचिव जयराज सिग्देलले जानकारी दिए ।
उनले आसन्न स्थानीय तहको निर्वाचनमा विकासको नारा बोक्ने सक्षम तथा केही गर्न सक्ने क्षमता भएका नेताहरूलाई जिताउन आम नागरिकमा सचेतना फैलाउने कार्यक्रम रहेको बताए ।
भोलि हुने अन्तक्र्रिया कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापति रुकमाङ्गद कटुवालको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्