११ श्रावण २०८१, शुक्रबार

आसन्न स्थानीय निर्वाचन : गोदावरी नगरपालिकामा माओवादी केन्द्रले टुंगो लगायो



धनगढी । आसन्न स्थानीय तह निर्वाचनमा कैलालीको गोदावरी (साविक अत्तरिया) नगरपालिकाको प्रमुख तथा उपप्रमुखका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ । तर, दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेमा भने उम्मेदवारी चयन गर्न निकै सकस देखा परेको छ । माओवादी केन्द्रले नगरप्रमुख पदका लागि गोकर्ण भट्टलाई अघि सारेको छ ।
नेपाली काँग्रेसका क्षेत्र नम्बर ५ का सभापति दिनेशराज जोशीले भोलि (शुक्रवार) सम्म सबै वडा र नगरकमिटीलाई आकांक्षी उम्मेदवारको नाम पठाउन निर्देशन दिइएको बताए । उनले केन्द्रीय कार्यालयले बनाएको विधि अनुसार क्षेत्रीय समितिले सर्वसम्मत उम्मेदवार बनाउने प्रयास गर्ने र त्यसो गर्न नसके तीन जनासम्मको नाम जिल्ला कार्यसमितिमा सिफारिस गर्ने बताए ।
काँग्रेसबाट गोदावरी नगरपालिकाको प्रमुखका लागि नगर सभापति हेमप्रकाश उप्रेती, धर्मराज भट्ट, वीरेन्ऽ भट्ट, खडकसिंह बडैला र लोकराज पाण्डेले दावेदारी गरेका छन् । उपप्रमुखमा भगवती पाठक र तुलसी देवकोटाले दाबेदारी गरेकी छन् ।
एमालेले चैतको अन्तिमसम्म उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । एमालेले क्षेत्रीय समिति र नगर कमिटी यस अघि नै भङ्ग गरिसकेको छ । उम्मेदवार छनौटको लागि नगर सङ्गठन कमिटी बनाइएको छ ।
एमाले गोदावरी नगर सङ्गठन कमिटीका संयोजक कृष्णराज सुवेदीले आगामी ३० गतेभित्र वडा अध्यक्ष सहितको नामावली जिल्ला कार्यसमितिमा पठाउने र मेयर, उपमेयरको वैशाख ४ गतेभित्र पठाउनु पर्ने पार्टी केन्ऽको निर्देशन रहेको जानकारी दिए ।
एमालेबाट गोदावरी नगर प्रमुखका लागि कृष्णराज सुवेदी, हरिसिंह सावद, खम्ब बुढा, भीम बोगटी लगायतले दावेदारी गरेका छन् । त्यस्तै, उपप्रमुखमा शारदा खत्री, शारदा रोकाया, मिना बिक लगायत आकांक्षी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार