१२ श्रावण २०८१, शनिबार

एकसिंगे गैडा स्थानान्तर



कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको एकसिंगे गौडा स्थान्तरण गरिएको छ ।
एउटा भाले गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटामा स्थानान्तरण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । सो भाले गैँडा निकुञ्जको रानीताल क्षेत्रमा छोडिएको छ । चार पोथी गैँडा ल्याउने प्रक्रियामा रहेको संरक्षण अधिकृत ढकालले जनाए ।
शुक्लाफाँटामा यसअघि १४ वर्ष पहिले चार गैँडा स्थानान्तरण गरिएको थियो । निकुञ्जमा हाल ११ गैँडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार