१२ श्रावण २०८१, शनिबार

व्यापार सङ्गठनको नगर सम्मेलन, पत्रकारलाई सम्मान



धनगढी । नेकपा माओवादी केन्द्रले प्रेस सेन्टरमा आबद्ध दुई जना पत्रकारलाई सम्मान गरेको छ ।
सोमबार धनगढीमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको नगर सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य टंक कुँवर र प्रदेश नं. ७ का उपाध्यक्ष मुकेश टेंर्रालाई केन्द्रको धनगढी नगर कमिटीले सम्मानित गरेको हो । नेपाल पत्रकार महासङ्घको फागुन २२ गते भएको अधिवेशनमा अत्याधिक बहुमतका साथ विजयी भएर पार्टी र सङ्गठनको गरिमालाई उच्च बनाउन सफल भएको भन्दै कदरपत्र सहित बधाई र सफल कार्यकालको शुभकामना दिएको हो । कुँवर महासङ्घको उपाध्यक्ष पदमा र टेंर्रा प्रदेश पार्षदमा विजयी भएका हुन् । पार्टीका केन्द्रीय सदस्य तथा धनगढी नगर ईञ्चार्ज रमेश धामीले टीका लगाएर कदरपत्र हस्तान्तरण गरेका थिए ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको प्रथम नगर सम्मेलनले ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । कार्यसमितिको ईञ्चार्जमा आशिष् बम, अध्यक्षमा थलराम रिजाल, उपाध्यक्षमा धनबहादुर विक, सचिवमा राज खान, कोषाध्यक्षमा सुशीला विसि, सहसचिवमा यदु सोप, सदस्यहरूमा धनबहादुर चौधरी, इन्द्र चौधरी, मलिन रसाईली, टेकेन्द्र भट्ट, सोयव सिद्धिकी, दु:खी राना, प्रेम सेञ्चुरी र जयन्द्र खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार