४ आश्विन २०८१, शुक्रबार

हत्या आरोपित पाँच जना पक्राउ



धनगढी । कैलाली बहुमुखी क्याम्पस विद्यार्थी सुवास रेग्मीको हत्या भएको भन्दै क्याम्पसका विद्यार्थीहरूले सोमबार धनगढी बजारमा विरोध प्रर्दशनका साथै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरूले हत्याराको पहिचान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन तथा घेराउ गरेका हुन् ।
धनगढी–१, शिवनगरका २२ वर्षीय सुवास रेग्मीको धनगढी उपमहानगरपालिका–१, हसनपुर र शिवनगर जोड्ने कल्भर्ट नजिक आइतबार बिहान मृत अवस्थामा शव फेला परेको थियो । कल्भर्ट नजिकको एक सानो रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक रेग्मीका आफन्तले भने सुवासको आत्महत्या नभई हत्या भएकाले पाँच जनाको नाममा किटानी जाहेरी सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । सुवासको शरीरमा निलडाम रहेकाले उनको हत्या भएको आफन्तले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी पाण्डेले मृतकका आफन्तले पाँच जनाका नाममा किटानी जाहेरी दिएको र उनीहरूलाई पक्राउ गरिसकिएको बताए । पाण्डेले अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । पोस्टमार्टमको रिपोर्ट पनि आइनसकेकाले अहिले हत्या या आत्महत्या के हो केही भन्न नमिल्ने प्रहरी निरीक्षक पाण्डेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार