११ श्रावण २०८१, शुक्रबार

एक युवक मृत अवस्थामा फेला परे



धनगढी । धनगढी उपमहानगरपालिका–१, हसनपुर र शिवनगर जोड्ने कल्भर्ट नजिक आइतबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।
धनगढी–१, शिवनगरका २२ वर्षीय सुवास रेग्मी कल्भर्ट नजिकको एक सानो रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । कालो रङ्गको कमिजले पासो लगाएको अवस्थामा उनी मृत अवस्थामा फेला परेका थिए । उनको घुँडा जमिनमा टेकिएको अवस्था थियो । आइतबार बिहान सो बाटोबाट ओहोरदोहार गर्ने व्यक्तिहरूले बाटोको पूर्वपट्टि किनारमा एक सानो रुखमा उनलाई मृत अवस्थामा देखेका थिए ।
युवक सुवासको हत्या भएको भन्दै उनको परिवारजनले पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
प्रहरीले युवक सुवासको शरीरमा कुनै चोटपटक नदेखिएकाले आत्महत्या भएको आशंका पनि गरेको छ । तर, घुँडा नै जमिनमा टेकेको अवस्थामा आत्महत्या हुननसक्ने परिवारजनको तर्क रहेको छ ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरीले आइतबार नै आफन्तजनबाट जिल्ला प्रहरी कार्यालयमा पाँच जना विरुद्ध उजुरी दर्ता गराइएको बताए ।
प्रहरी उपरीक्षक चन्दले शवको पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार